नियम
आयोगको काम, कर्तव्य र अधिकार

(१) ऐनमा लेखिएदेखि बाहेक आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) ऐनको दफा १७ को उपदफा (१) बमोजिम विद्युत महसुल र अन्य दस्तुरहरू निर्धारण गर्ने,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत सेवा उपलब्ध गराए बापत ग्राहकहरूसँग लिने गरेको विद्युत महसुल तथा अन्य
दस्तुरहरूमा पुनरावलोकन गर्ने,
(ग) आयोगले आफ्नो कार्य सम्पादनको लागि आवश्यकतानुसार आयोगको कुनै सदस्य, कर्मचारी वा विशेषज्ञलाई नेपाल …….
को कुनै पनि स्थानमा खटाउने ।
(२) आयोगले आफ्नो क्षेत्राधिकारसँग सम्बन्धित कुनै विषयमा अध्ययन प्रतिवेदन पेश गर्न आयोगकै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति गठन गर्न सक्नेछ । त्यस्तो समिति वा उपसमितिको काम, कर्तव्य, अधिकार तथा कार्यविधि आयोगले निर्धारण
गरे बमोजिम हुनेछ ।